दफा २५
सुधार गृहमा पठाउन सकिने
(१) दुई वर्ष वा दुई वर्षभन्दा कम कैदको सजाय भएको कसूरदारलाई निजले गरेको कसूर, निजको उमेर, आचरण, कसूर गर्दाको परिस्थिति, कसूर गर्दा अपनाएको तरिका विचार गर्दा निजलाई कारागारमा नपठाई सुधार गृहमा राख्न उपयुक्त देखिएमा प्रोवेशन अधिकृतको सिफारिसमा अदालतले सुधार गृहमा पठाउन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा २४ को उपदफा (३) मा उल्लिखित कसूर गर्ने कसूरदारलाई त्यस्तो सुधार गृहमा पठाउन सकिने छैन ।
(३) उपदफा (१) बमोजिम कसूरदारलाई सुधार गृहमा पठाउ“दा प्रोवेशन तथा प्यारोल बोर्डले निर्धारण गरे बमोजिम निजले पालना गर्नु पर्ने शर्तहरु समेत तोकिदिनु पर्नेछ ।
(४) कसूरदारले उपदफा (३) बमोजिमका शर्तहरु पालना गरी सुधार गृहमा कैद अवधि भुक्तान गरेमा निजले त्यस्तो अवधि कारागारमा बसी भुक्तान गरेको मानिनेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सुधार गृहमा रहेको कसूरदारको चालचलनमा सुधार नआएमा वा निजले उपदफा (३) बमोजिमका शर्त पालना नगरेमा वा त्यस्तो अवधिमा कैद सजाय हुने कुनै कसूर गरेमा निजले यस दफा बमोजिमको पूरा कैद अवधि कारागारमा भुक्तान गर्नु पर्नेछ ।